‘मैले कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन, तर सदनको गरिमा राखौं’
प्रधानमन्त्री ओलीले राजनीतिक कुरा राजनीतिक रुपमा लिनुपर्ने बताउँदै गर्दै आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआजान आग्रह गरे। उनले सदन सदन जस्तै हुनुपर्ने बताए।काठमाडौं, साउन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि आरोप लगाउने कामले सदनको गरिमा नबढ्ने बताएका छन्।
आइतबार सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले राजनीतिक कुरा राजनीतिक रुपमा लिई आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआइ सदनलाई मर्यादित बनाउन आग्रह गरे।
‘मलाई कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन् । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छै । देश र जनतका हितका पक्षमा निष्ठाका साथ छ दशकदेखि काम गर्दै आएको छु। अब पनि त्यही गर्छु । उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन,’ उनले भने, ‘माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन।’
प्रधानमन्त्री ओलीले राजनीतिक कुरा राजनीतिक रुपमा लिनुपर्ने बताउँदै गर्दै आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआजान आग्रह गरे। उनले सदन सदन जस्तै हुनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा पनि स्पष्ट पारे। उनले राजनीतिक पूर्वाग्रहका नाममा झुठको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्त हुन पनि आग्रह गरे।