Kathmandu Press

समयको माग अनुसार संविधान संशोधन हुन्छ : मन्त्री सिंह

उनले परिस्थिति सुधार र जनतालाई राहत दिन उद्देश्यले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको भन्दै अब अर्थतन्त्रलाई चलाएमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने बताए।
समयको माग अनुसार संविधान संशोधन हुन्छ : मन्त्री सिंह

काठमाडौं, साउन ७ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उनले तीन तहको सरकार अधिकारसम्पन्न भएर काम गरेको भए संशोधनको अवस्था नआउने भन्दै समयको माग अनुसार संशोधन गर्न सकिने बताए।

Hardik ivf

‘यो संविधानको विशेषता के हो भन्दा एउटा प्रक्रिया पूरा गरेर संविधानमा उल्लेख भएका दफाहरु त्यसलाई परिवर्तन गर्नको लागि विधि प्रक्रिया पूरा गरेर जनताको माग अनुसार संशोधन गर्न सकिने प्रावधान भएको कारणले गर्दा समयको आवश्यकता अनुसार संविधान संशोधन हुन सक्छ,’ उनले भने,  ‘यो तीन तहको सरकार अधिकार सम्पन्न भएर काम गरेको भए यो अवस्था पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ।’

उनले परिस्थिति सुधार र जनतालाई राहत दिन उद्देश्यले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको भन्दै अब अर्थतन्त्रलाई चलाएमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने बताए।

‘अहिले काङ्ग्रेस र एमाले मिलेर जुन सरकार बनेको छ। यो सरकार जनताको चाहाना अनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नको लागि बनेको हो,’ उनले भने, ‘दुईवटा ठूला पार्टी मिलेर साना दलहरुलाई पनि साथमा लिएर सुधार गर्न र जनतालाई राहात दिनको लागि वर्तमान सरकार बनेको छ।’

मन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई चलाएमान बनाउनको लागि र नेपालको उद्योगधन्दाहरुलाई चलाएमान बनाउनका काम गर्नुपर्ने बताए।

 

प्रकाशित मिति: १३:५२ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्