Kathmandu Press

जग्गा विवाद मिलाइदिन घरमा पुगेको समूहले रायको हत्या गरेको आशंका

८० वर्षीय रायको सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित निवासमा गएराति हत्या भएको थियो। सर्लाही प्रहरीले जग्गाको विवाद मिलाइदिन भन्दै राती एउटा समूह घरमा पुगेको जनाएको छ।
जग्गा विवाद मिलाइदिन घरमा पुगेको समूहले रायको हत्या गरेको आशंका

सर्लाही, साउन ७ : जग्गाको विवाद मिलाइदिन भन्दै राती घरमा पुगेको समूहले पूर्वराज्य मन्त्री रामचन्द्र रायको हत्या गरेको आशंका प्रहरीले गरेको छ।

८० वर्षीय रायको सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित निवासमा गएराति हत्या भएको थियो। सर्लाही प्रहरीले जग्गाको विवाद मिलाइदिन भन्दै राती एउटा समूह घरमा पुगेको जनाएको छ।

Hardik ivf

प्रहरीका अनुसार रायमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको खुलेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलको टोली कुकुरसहितको टोली लिएर प्रहरी घटनास्थल पुगेको छ।

प्रहरीले रायको घरमा काम गर्ने एक युवाले सोधपुछका क्रममा आइतबार साँझ नै तीनजना युवा रायको घरमा आएको बताएका छन्।

आफूहरूको जमिनको विवाद मिलाइदिन भन्नका लागि घरमा आएको ति युवाले बताएका छन्। त्यही समूहले नै राति हत्या गरेको आशंका गरिएको छ। राय पूर्व भूमिसुधार राज्यमन्त्री हुन्।

प्रकाशित मिति: १३:२६ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्