Kathmandu Press

डेढ लाख रुपैयाँ घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाइ एक लाख पचास हजार घुससहित नियन्त्रणमा  लिएको  हो । 
डेढ लाख रुपैयाँ घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौं, साउन ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाइ एक लाख पचास हजार घुससहित नियन्त्रणमा  लिएको  हो । 

औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए । 

उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास रुपैयाँ र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको  अख्तियारले जनाएको छ । कोइरालामाथि थप अनुसन्धान भइरहेको छ । 
 
प्रकाशित मिति: ११:३७ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्