Kathmandu Press

अमेरिकी राष्ट्रपतिको उम्मेद्वारीबाट पछि हटे बाइडेन, कमला ह्यारिसलाई समर्थन

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले पनि बाइडेनविरुद्ध आफ्नो धारणा राखेका थिए ।
अमेरिकी राष्ट्रपतिको उम्मेद्वारीबाट पछि हटे बाइडेन, कमला ह्यारिसलाई समर्थन

काठमाडौं, साउन ७ : जो बाइडेनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

जुन २८ मा ट्रम्पसँगको बहसमा परेपछि बाइडेनको स्वास्थ्यलाई लिएर चौतर्फी उम्मेदवारी फिर्ता लिन दबाब परेको थियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले पनि बाइडेनविरुद्ध आफ्नो धारणा राखेका थिए । यसले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन नैतिक दबाब बढाएको हो ।

Hardik ivf

पार्टीबाट अत्याधिक दबाब र स्वास्थ्यको कारण देखाउँदै ८१ बर्षिय बाइडेनले नोभेम्बरमा हुने चुनावमा उम्मेदवार नबन्ने बताउँदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन् । 

बाइडेनले चुनावी मैदान छाडेपछि अमेरिकी राष्ट्रपतिको चुनाव अब रोचक बनेको छ ।  
 

प्रकाशित मिति: ०८:३७ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्