Kathmandu Press

चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ जनावरको उद्धार , ७६ जनावर मरे

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा  कुकुरको आक्रमणबाट दुई र  २२ प्राकृतिक कारणले २४ चित्तल  मरेका थिए । यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । 
चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ जनावरको उद्धार , ७६ जनावर मरे

चितवन, साउन ७ : चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०,८१ मा पन्ध्र प्रजातिका ७६ जनावार मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा  कुकुरको आक्रमणबाट दुई र  २२ प्राकृतिक कारणले २४ चित्तल  मरेका थिए । यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । 

Hardik ivf

ती मध्ये १८  प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए। यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले बताए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् ।

यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावार प्राकृतिक कारणले मरेको सूचना अधिकारी  तिवारीले बताए । मृतावस्थामा भेटिएका जनावारमध्ये ७०  जनावार प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उनले जानकारी दिए ।

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन् । ३३  सर्प, ११–११  बाघ र मगर गोहीको उद्धार गरिएको उनले बताए ।

चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई–दुईवटा, सुन कछुवा र घडियाल गोही एक–एकवटाको उद्धार गरिएको छ । अन्य जनावार नौवटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए ।

प्रकाशित मिति: ०८:३३ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्