मुख्यमन्त्री सिंहद्वारा प्रदेशका मन्त्रालयकै छड्के अनुगमन
आज निरीक्षण तथा अनुगमन गर्दै उनले त्यसक्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्ने जस्ता समस्या रहेको पाइएको बताए।धनुषा, साउन ६ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयका कर्मचारीले लापरबाही गर्ने गरेको जनगुनासो बढेपछि आज ११ वटा मन्त्रालयमै छड्के अनुगमन गरेका छन्।
आज निरीक्षण तथा अनुगमन गर्दै उनले त्यसक्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्ने जस्ता समस्या रहेको पाइएको बताए।
प्रदेश सरकारकै मन्त्रालयका कर्मचारीले त्रुटि गरेको भेटिएपछि पत्र लेखेर जवाफ मारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। कार्यालय समय सुरू भएलगतै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन्।
प्रकाशित मिति: १९:०० बजे, आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काभ्रेमा अझै संकलन हुन सकेन बाढीपहिरोको क्षतिको पूर्ण विवरणमंगलबार, कात्तिक १३, २०८१
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्यसोमबार, कात्तिक १२, २०८१
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्योआइतबार, कात्तिक ११, २०८१
काभ्रेमा जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउआइतबार, कात्तिक ११, २०८१