Kathmandu Press

प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका २७५ सदस्यमध्ये विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदको समर्थन पाएका हुन्।
प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन

काठमाडौं, साउन ६ : प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभामा दुई तिहाइ सांसदले विश्वासको मत दिएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका २७५ सदस्यमध्ये विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदको समर्थन पाएका हुन्।

Hardik ivf

प्रतिनिधिसभामा मतदान हुँदा २६३ सांसद उपस्थित थिए  विश्वासको प्रश्तावको विपक्षमा जम्मा ७४ मत परेको छ । यस्तै, मत दिन्न भन्नेमा १ मत खसेको छ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको मत प्राप्त भएको छ।

विपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदको मत परेको छ।

प्रकाशित मिति: १८:५५ बजे, आइतबार, साउन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्