रविलाई लक्षित गर्दै ओलीले भने– परार साल जन्मेको पार्टीले संविधानको जिम्मा लिनु पर्दैन
ओलीले भने, ‘परारको साल बनेको पार्टी संविधानको जिम्मा लिन्छ, पर्दैन हामी नै लिन्छौँ। लोकतन्त्रका लागि लडेको, संविधान ल्याएको जिम्मा हामी लिन्छौँ रे! पर्दैन हामी नै लिन्छौँ।’
काठमाडौं, साउन ६ : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा परार साल जन्मेको पार्टीले संविधानको जिम्मा लिनु नपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री आलीले यस्तो भनाई राखेका हुन्।
ओलीले भने, ‘परारको साल बनेको पार्टी संविधानको जिम्मा लिन्छ, पर्दैन हामी नै लिन्छौँ। लोकतन्त्रका लागि लडेको, संविधान ल्याएको जिम्मा हामी लिन्छौँ रे! पर्दैन हामी नै लिन्छौँ।’
संसदमा संवोधन गर्नेक्रममा राणा शासनको अन्धकार युगदेखि अहिलेसम्म देशलाई ल्याइपु¥याएकोमा आफूलाई गर्व महसुस भएको पनि बताए।
राणा शासनको अन्धकार युगदेखि आजसम्म नेपाल आइपुगेको बताउदै उनले त्यसका निम्ति संघर्ष र बलिदान भएको स्मरण पनि प्रधानमन्त्री ओलीले गराए । ‘त्यसमा गर्व फिल छ, कमीकमजोरी भएका छन्। केहीपनि भएको छैन होइन,’ ओलीले भने।
ओलीले केही कमीकमजोरीहरू भएको भए पनि त्यसलाई स्वीकारेर अघि बढ्ने विश्वास उनले संसदबाट दिलाए ।












