Kathmandu Press

‘राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो’

‘विगतमा राजनीतिक अस्थीरता हुँदा जनचाहनाअनुरुप काम भएन। अब स्थिर सरकार बनेको छ, यसले विगतको भन्दा सकारात्मक र प्रभावकारी काम गरेर देखाउँछ,’ उनले भने। उनले नयाँ सरकारले जनतामा आशा जगाउनेगरी काम गर्ने विश्वास व्यक्त गरे।
‘राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो’

काठमाडौं, साउन ६ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताएका छन्।

तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले मुलुकमा दुई ठूला दल मिलेर सरकार बन्नु भनेको नै राजनीतिक स्थिरताको सन्देश दिएको बताए।

Hardik ivf

‘विगतमा राजनीतिक अस्थीरता हुँदा जनचाहनाअनुरुप काम भएन। अब स्थिर सरकार बनेको छ, यसले विगतको भन्दा सकारात्मक र प्रभावकारी काम गरेर देखाउँछ,’ उनले भने। उनले नयाँ सरकारले जनतामा आशा जगाउनेगरी काम गर्ने विश्वास व्यक्त गरे।

उपप्रधानमन्त्री सिंहले स्थानीय तह प्रत्यक्ष जनतासँग जोडिएको सरकार भएकाले जनताको अपेक्षाअनुसार प्रभावकारी काम गर्न ध्यान दिनुपर्नेमा जोड दिए। नयाँ प्रशासकीय भवन सञ्चालन भएपश्चात् सेवा प्रवाह थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको उनले बताए।

कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले नयाँ प्रशासकीय भवन निर्माण भएसँगै जनताले सहज रुपमा सेवा पाउने बताए।

२०७७ असोज २९ गते सम्झौता भई २०७९ चैतमा सम्पन्न भएको उक्त भवन १७ करोड १५ लाख चार सय ८४ मा निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जानकारी दिइन्।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्