Kathmandu Press

कांग्रेस र एमाले नै राजनीतिक अस्थिरताका कारक हुन् : लिङ्देन

‘अहिले मुलुकमा स्थिरता नहुनु, समावेशी, समानुपातिकमा साना दलहरू होइनन्। दुई दलहरूको क्रियाकलाप मुख्य हुन्। साना दलहरूलाई आवश्यक परेको बेला फुटाउनु हुन्छ, साना लोभ देखाएर फाइदासँगै बसाउनु हुन्छ। चलखेल तपाईंहरू गर्नुहुन्छ?,’ लिङ्देनले भने।
कांग्रेस र एमाले नै राजनीतिक अस्थिरताका कारक हुन् : लिङ्देन

काठमाडौं, साउन ६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारक कांग्रेस र एमाले भएको बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि धारणा राख्दै लिङ्देनले मुलुकमा स्थिरता नहुनुमा एमाले र कांग्रेस जिम्मेवार रहेको बताएका हुन्।

‘अहिले मुलुकमा स्थिरता नहुनु, समावेशी, समानुपातिकमा साना दलहरू होइनन्। दुई दलहरूको क्रियाकलाप मुख्य हुन्। साना दलहरूलाई आवश्यक परेको बेला फुटाउनु हुन्छ, साना लोभ देखाएर फाइदासँगै बसाउनु हुन्छ। चलखेल तपाईंहरू गर्नुहुन्छ?,’ लिङ्देनले भने।

अंकगणितले मात्रै काम गर्ने भएको भए कम्युनिस्ट पार्टी एक्लैले करिब दुई तिहाई मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको स्मरण गराए । उनले कांग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको बताए।

अध्यक्ष लिङ्देनले संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए।

‘गणितले मात्रै काम गर्ने भएको भए कम्युनिस्ट पार्टी एक्लैले करिब दुई तिहाई मत ल्याएको होइन? किन पाँच वर्ष सरकार चलेन? कांग्रेसले पटक–पटक एक्लै बहुमत ल्याएको होइन?,’ उनले भने, ‘साना दल र समानुपातिकको समस्या होइन। कांग्रेस र एमालेको प्रवृत्ति र चरित्र हो। संविधानमा सुधार गर्नुपर्ने धेरै कुराहरू छन्। निर्वाचन, नियुक्ति प्रणालीमा सुधार गर्नु छ।’

प्रकाशित मिति: १७:२१ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्