Kathmandu Press

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले आइतबार नयाँ सरकार गठनका लागि आव्हान गरेका हुन्। आगामी साउन ८ गते बेलुका ५ बजेसम्म नयाँ सरकार गठनको आव्हान भएको हो।
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं साउन ६ : बागमतीमा प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ।

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले आइतबार नयाँ सरकार गठनका लागि आव्हान गरेका हुन्। आगामी साउन ८ गते बेलुका ५ बजेसम्म नयाँ सरकार गठनको आव्हान भएको हो।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई आइतबार राजीनामा दिएका थिए।

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्