Kathmandu Press

ओलीप्रति माधवको व्यंग्य– आफू स्वर्गतिर लाग्यो, अर्कोलाई लात्तीले हिर्काएर नर्कतिर पुर्‍याइयो

‘गठबन्धन तुरुन्त तोडेर अर्को सहकार्य केका लागि जरुरी थियो? त्यसमा पनि पाँच वर्ष सँगै जाने। स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने। सुन्दै आनन्द लाग्ने कुरा,’ उनले भने, ‘आफू स्वर्गतिर लाग्यो। अर्कोलाई लात्ति हिर्काएर नर्कतिर पुर्‍यायो। यसरी वचन दिएको सुन्नमा आएको छ। अचानक किन गठबन्धन फेरियो?’
ओलीप्रति माधवको व्यंग्य– आफू स्वर्गतिर लाग्यो, अर्कोलाई लात्तीले हिर्काएर नर्कतिर पुर्‍याइयो

काठमाडौं, साउन ६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नयाँ गठबन्धनको औचित्यलाई लिएर प्रश्न गरेका छन्।

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमाथिको छलफलका क्रममा उनले गठबन्धन तोड्नुको पुष्टि हुन नसक्ने बताए।

नेपालले ओली र यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहालबीच ‘स्वर्ग वा नर्क सँगै जाने’ भनेर दिएको वचन प्रति व्यंग्य गरे।

Hardik ivf

‘गठबन्धन तुरुन्त तोडेर अर्को सहकार्य केका लागि जरुरी थियो? त्यसमा पनि पाँच वर्ष सँगै जाने। स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने। सुन्दै आनन्द लाग्ने कुरा,’ उनले भने, ‘आफू स्वर्गतिर लाग्यो। अर्कोलाई लात्ति हिर्काएर नर्कतिर पुर्‍यायो। यसरी वचन दिएको सुन्नमा आएको छ। अचानक किन गठबन्धन फेरियो?’

अध्यक्ष नेपालले अघिल्लो साँझसम्म ओत लागेको गठबन्धन सरकार भोलिपल्टको मिर्मिरेअघि नै ढालेर स्थिरताको कुरा गरिएको बताए। राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर खोजिएको बताउँदै उनले शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने बताए।

‘भोलि पछुताउनु नपरोस्। नेपाल जस्तो भूराजनीतिक संवेदनशीलता भएको बहुलता भएको देशमा निर्वाचित नै किन नहोस् । एउटा व्यक्तिगको स्वेच्छाचारी शासन सम्भव छैन,’ उनले भने।

अध्यक्ष नेपालले प्रधानमन्त्री नियुक्त भएकोमा ओलीलाई बधाई दिए।

‘तपाईं जुन दिन सत्ताबाट बाहिरिनु भएको थियो, वर्ष फरक परे पनि त्यही दिन पारेर सत्तामा पुनः पुग्नुभएको छ। अर्थात् असार २८ गते नेपाली राजनीति र तपाईंको जिन्दगीमा पनि खास माने राख्दछ भन्ने लाग्दछ,’ उनले भने, ‘अत्यन्त उत्साहित भएर, हौसिएर, अब त के के नै हुन्छ भनेर तपाईंलाई बधाई दिन हतारो गर्नुअघि विगतका केही घटनाक्रमहरु सम्झन जरुरी ठानेको छु।’

उनले नेपालको राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात भइरहेको विषय उल्लेख गरे।

‘घुमिफिरी २०८१ असार २८ गते तपाईं फेरि शेरबहादुर देउवाकै समर्थनमा प्रधानमन्त्री बन्नु भएकामा हामीले बधाई दिइरहँदा अब तपाईंले काम गर्नुहुनेछ भन्ने आशामात्र गर्न सक्दछौं,’ उनले भने, ‘मध्यराति प्रतिनिधिसभा विघटनदेखि आफ्नै समर्थनको सरकार ढाल्नेसम्मका तपाईंका क्रियाकलापले निश्चित व्यक्तिहरु तरंगित र भावुक भएर अँगालो हालेको त देखिएको छ, तर तत्तत् पार्टीकै नेता कार्यकर्ताहरु अहिलेसम्म जिल्ला तहमा बोलचाल गर्न सकिरहेका छैनन्, जनता उत्साहित भएको देख्न बाँकी नै छ।’

 

 

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्