Kathmandu Press

‘प्रधानमन्त्रीज्यू, तथ्याङकलाई बङग्याएर भावनामा कहिलेसम्म चल्ने?’

उनले तथ्याङ्क अनुसार अर्थतन्त्र सकारात्मक रहेको भन्दै यस्तो अवस्थामा निराशाको कुरा के आधारमा गरिरहनुभइको छ? प्रश्न गरे। तथ्यांकलाई बङग्याएर यसरी भावनाको आधारमा चल्न नमिल्ने उनले बताए।
‘प्रधानमन्त्रीज्यू, तथ्याङकलाई बङग्याएर भावनामा कहिलेसम्म चल्ने?’

काठमाडौं, साउन ६ : पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बीचमा बिभिन्न संक्रमणका कारण आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको भन्दै  प्रधानमन्त्री ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका हुन्।

Hardik ivf

‘प्रधानमन्त्रीजीले ऋणको अवस्था, नेपालको अर्थतन्त्रको बारे र जनताहरुमा निराशाको बारे बताउनुभयो। पछिल्लो दुई–तीन वर्षमा कांग्रेस–माओवादी, एमालेकोबीचमा गठबन्धन बन्यो,’ उनले भने, ‘त्यसबीचका कुराहरुलाई उहाँले निराशाको रुपमा व्यक्त गर्नुभएको छ। त्यसलाई मंैले तथ्याङ्कबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन्। बीचमा केही परिघट्नाले आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको छ।’

उनले तथ्याङ्क अनुसार अर्थतन्त्र सकारात्मक रहेको भन्दै यस्तो अवस्थामा निराशाको कुरा के आधारमा गरिरहनुभइको छ? प्रश्न गरे। तथ्यांकलाई बङग्याएर यसरी भावनाको आधारमा चल्न नमिल्ने उनले बताए।

आज १९ महिनाको वस्तु आयात गर्ने पर्यात विदेशी मुद्रा रहेको भन्दै प्रधानमन्त्रीको भाषण तथ्याङ्कलाई हेरेर मात्र लेख्न सुझाव दिए।

‘प्रधानमन्त्री सरकार छोड्दै गर्दा आर्थिक वृद्धिदर ४.८ प्रतिशत थियो। त्यसपछि तीन वर्षमा थुप्रै संक्रमणहरु भए। अहिले चार प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर छ। अहिले चार प्रतिशतको हाराहारीमा सकारात्मक अवस्थामा छ कसरी निराशाको कुरा गर्नुहुन्छ ?,’ उनले भने, ‘तथ्याङकलाई बङग्याएर यसरी भावनाको आधारमा चल्दैन। १९ महिनाको वस्तु आयात गर्ने हामीसँग पर्यात विदेशी मुद्रा छ। पहिला ओलीज्यू प्रधानमन्त्री हुँदा कति थियो? उहाँको भाषण लेखिदिने साथीले हेरिदिनुहोला।’

 

प्रकाशित मिति: १६:२० बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्