सरकारको सुरुवातले आफूहरुलाई झस्काएको छ : रवि लामिछाने
‘जसलाई यहाँहरूले स्टन्ट भन्नुभएको छ, त्यो स्टन्ट नभएर सुशासनको एजेन्डाबाट विषयान्तर गर्न खोजिएको स्पष्ट पार्न चाहन्छु कि स्टन्टको पर्याय आँट, साहस, विधि हो र न्याय हो,’ उनले भने।-1720778121.jpg)
काठमाडौं, साउन ६ : रास्वपाका सभापति रवि लामिछानेले आफूहरुले अनुसन्धान जारी राखेको व्यक्तिले बालकोटमा बसेर गीत गाएपछि आफूहरुलाई झस्काएको बताएका छन्।
उनले विश्वासको मत दिन मन भए पनि प्रधानमन्त्रीको सुरुवातकै संकेतले झस्क्याएको बताए। उनले नेपाली कांग्रेसका नेता विनोद चौधरीप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।
यस्तै, उनले आइतबार प्रतिनिधिसभा बैठकमा उनले स्टन्ट भनेको आफूहरूको आँट, सुशासनको एजेन्डा र साहस भएको बताए।
‘जसलाई यहाँहरूले स्टन्ट भन्नुभएको छ, त्यो स्टन्ट नभएर सुशासनको एजेन्डाबाट विषयान्तर गर्न खोजिएको स्पष्ट पार्न चाहन्छु कि स्टन्टको पर्याय आँट, साहस, विधि हो र न्याय हो,’ उनले भने।
उनले उपसभामुख इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाउँदै उनले आरोप लगाउँदा सोच्न आग्रह गरे ।
‘यो सदन यति आरोप–प्रत्यारोप र हिलो छ्याप्ने ठाउँ बन्यो। आज सिंगो जीवन जेलमा परेका बाबुआमाका सन्तानलाई न्याय दिएर सयौं, हजारौं बालबालिकालाई जीवन दिने इन्दिरा रानामगरलाई एउटा विषय आउनेबित्तिकै यो सदनमा मानव तस्करको आरोप लगाउने गरी निर्मम भयौँ हामी,’ उनले भने, विरोध गर्न पाइन्छ, कस्तो आरोप कसमाथि लगाइएको छ, एकपटक सोची त हेरौं। विषय उठेको छ, प्रमाणित भएको छैन।’
उनले समाजमा मन्त्री, प्रधानमन्त्रीलाई भेटाइदिन्छु भन्दै पैसा असुल्ने बिचौलियाको बिगबिगी भएको जिकिर गरे । केही लाखका निम्ति उपसभामुख रानाले रुनु नपर्ने उनको भनाइ थियो
“इन्दिरा रानामगरले सञ्चालन गर्नुभएको संस्थामा केही लाखका लागि उहाँले रुनु पर्दैन । संसारका एक से एक संस्थाहरूले त्यो पवित्र ठाउँमा लाखौैँ, करोडौँ पैसा एक वचनमा डोसेन दिएको उदाहरण छ,” उनले भने ।
ओलीसँग काम गर्ने रहर भएर अघिल्लो समिकरण बनाउन भूमिका खेलेको स्मरण गरे उनले गरे।। सुशासनमा ओली निर्ममतापूर्वक अगाडि बढ्ने आफ्नो विश्वास डगमगाएको उनले सुनाए ।
‘सरकार फेरिएर होइन, हामीले सरकार छाड्नु परेर होइन’ उनले भने, ‘जुन संकेत सुरुवातमा देखियो, त्यसले हामीलाई झस्काएको छ ।’












