बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिए
प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरे।मकवानपुर, साउन ६ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिए।
प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरे।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सो बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिए। प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरे।
प्रकाशित मिति: १५:५४ बजे, आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा चिसोले जनजीवन प्रभावितबुधबार, माघ २, २०८१
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरूद्धको खोप लगाइनेआइतबार, पुस २८, २०८१
झापामा सीमास्तम्भ मर्मत गरिँदैशुक्रबार, पुस २६, २०८१
वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेशबिहीबार, पुस २५, २०८१