१० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानुमा वृक्षारोपण
भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले वृक्षरोपण शुरुवात गर्दै भानुलाई लिची र आँपको पकेट क्षेत्र बनाइने घोषणा गरे।तनहुँ, साउन ६ : देशैभर १० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानु नगरपालिका– ११ मा वृक्षरोपण थालिएको छ।
लुम्बिनी विश्व शान्ति मन्चको सकृयता र कम्युनिटी लिडरशीप नेपालको सहकार्यमा त्रिभुवन मावि प्राङ्गणमा आइतबार वृक्षरोपण थालियो।
भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले वृक्षरोपण शुरुवात गर्दै भानुलाई लिची र आँपको पकेट क्षेत्र बनाइने घोषणा गरे।
कार्यक्रममा १०३ वटा आँप लिची, अम्बा, बयर स्टारफ्रुट र जामुन प्रजातिका बिरुवा रोपण गरिएको विद्यालयका प्रधानाध्यापक हिरामणी ढुंगानाले जानकारी दिए। ग्रीन आर्मी नेपालका सदस्य तथा स्थानीय जनप्रतिनिधिले वृक्षरोपणमा सघाएका थिए।
लुम्बिनी विश्व शान्ति मन्चले हालसम्म देशभर लगाएको १ लाख बढी बिरुवा हुर्किसकेको अध्यक्ष बासु गौतमले बताए । मन्चले जलवायु जोखिम कम गर्न देशैभर वृक्षरोपण र रुख संरक्षण अभियान सन्चालन गर्दै आइरहेको छ ।