प्रधानमन्त्री ओलीविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाई हुने
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको उक्त रिटलाई न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएहो हो।
काठमाडौं, साउन ६ : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने कार्य असंवैधानिक रहेको दाबीसहित दायर भएको रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउन आदेश गरेको छ।
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको उक्त रिटलाई न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएहो हो।
ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको निर्णय र त्यसविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको अवस्था रहेको इजलासले जनाएको छ ।
एकल इजलासको आदेशमा उल्लेख छ, ‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखियो।’
प्रकाशित मिति: १५:४४ बजे, आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












