नेप्से ६१.६१ अंकले बढ्यो
आइतबार ३१५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ रहेको छ।काठमाडौं, साउन ६ : साताको पहिलो बारोबार दिन आज (आइतबार) नेप्से ६१.६१ अंकले बढेको छ। आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ।
आइतबार ३१५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ रहेको छ।
आज कारोबारमा आएका ३१५ कम्पनीमध्ये १८१ कम्पनीको सेयरमूल्य बढ्दा ५६ वटा कम्पनीको मूल्य घटेको छ। बढ्नेमा युनाइटेड मोदी हाइड्रो र समता घरेलु लघुवित्त अगाडि छन्।
कारोबारका आधारमा भने आज सोल्टी होटल अगाडि छ। यो कम्पनीको ३४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३० करोडको सेयर कारोबार भएको छ।
प्रकाशित मिति: १५:४१ बजे, आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चिलिमेका तीनवटै आयोजना सम्पन्न, १६८ मेगावाट थपशनिबार, मंसिर ८, २०८१
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरुशनिबार, मंसिर ८, २०८१
११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणशुक्रबार, मंसिर ७, २०८१
रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज : अर्थमन्त्री पाैडेलशुक्रबार, मंसिर ७, २०८१