Kathmandu Press

बंगलादेशबाट आइपुगेका विद्यार्थी भन्छन्– स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएकी दिलिपा सापकोटाले नेपाली दूताबास मजबुद नभएको दुखेसो गरिन्। ‘दूताबासका कर्मचारीले फोन नउठाउने, सम्पर्कमा नआउने र उद्धार गर्न ढिलाइ गरिरहनुभएको छ । यसो नगर्न अनुरोध गर्दछु,’ उनले भनिन्।
बंगलादेशबाट आइपुगेका विद्यार्थी भन्छन्– स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो

काठमाडौं, साउन ६ : बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी नेपाल फिर्ता भएका छन्। आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आएका हुन्।

बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ जना नेपाली विद्यार्थीको उद्धार गरेको हो।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बंगालादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Hardik ivf

बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा बंगलादेशमा एक साताअघिदेखि सुरु आन्दोलन हिंसात्मक बन्दा अहिलेसम्म कम्तीमा सय जनाले ज्यान गुमाइसकेका छन्। साथै, बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएको जनाइएको छ।

बंगलादेशमा तीन हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ। आइतबार नेपाल आइपुगेका नेपाली विद्यार्थीहरुले ढाकामा संचार विच्छेद गर्नक्रम सुरु भएको र प्रधानमन्त्री समेत भागेर स्पेन पुगिसकेको आफूहरुले थाहा पाएको सुनाए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएकी दिलिपा सापकोटाले नेपाली दूताबास मजबुद नभएको दुखेसो गरिन्। ‘दूताबासका कर्मचारीले फोन नउठाउने, सम्पर्कमा नआउने र उद्धार गर्न ढिलाइ गरिरहनुभएको छ । यसो नगर्न अनुरोध गर्दछु,’ उनले भनिन्।

दुई महिना अघि बंगलादेश पुगेकी सदिक्षा बस्नेतले आफूहरु असुरक्षित भएपछि नेपाल फर्किएको सुनाइन्। ‘ढाकाको अवस्था एकदमै संवेदनशील भइसकेको छ। निषेधाज्ञा सुरु भइसकेको छ। बंगलादेशको प्रधानमन्त्री नै भागेर स्पेन पुग्नुभएको खबर सुनेका छौं। अवस्था चिन्ताजनक छ,’ उनले भनिन्।

सदिक्षासँगै विमानस्थलमा उत्रिएकी महिमा फागोले होस्टलमा रहँदा गोलीको आवाजहरु सुनेको बताइन्।

प्रकाशित मिति: १५:४० बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्