Kathmandu Press

देशलाई गलत दिशातर्फ धकेल्नका लागि संविधान संसोधन हुँदैन : ओली

‘तर त्यो संसोधन देश र जनताको हितमा हुने छ,’ ओलीले भने, ‘विकासको निम्ति गर्नेछौं, सुशासनको निम्ति गर्नेछौं। जनतालाई सेवा सुविधा उपलब्ध गराउन गर्नेछौं । गलत दिशातर्फ देशलाई धकेल्नका लागि संविधान संसोधन गरिनेछैन।’
देशलाई गलत दिशातर्फ धकेल्नका लागि संविधान संसोधन हुँदैन : ओली

काठमाडौं, साउन ६ : प्रधानमन्त्री केपी ओलीले गलत दिशातर्फ देशलाई धकेल्नका लागि संविधान संसोधन नगरिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विकास र सुशासनको निम्ति संविधान संसोधन गरिने बताए।

प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। प्रधानमन्त्री ओलीले संविधान विकासको बाधक हुन नहुने र यदी भएमा त्यसलाई संसोधन गर्नुपर्ने भनाई पनि राखे।

‘तर त्यो संसोधन देश र जनताको हितमा हुने छ,’ ओलीले भने, ‘विकासको निम्ति गर्नेछौं, सुशासनको निम्ति गर्नेछौं। जनतालाई सेवा सुविधा उपलब्ध गराउन गर्नेछौं । गलत दिशातर्फ देशलाई धकेल्नका लागि संविधान संसोधन गरिनेछैन।’

ओलीले राष्ट्रिय सरकार निर्माणका लागि देश एक हुने र राष्ट्रिय सहमति हुनेमा आफू आशावादी रहेको पनि बताए। संविधान संसोधन गर्दा दुई तिहाइले हुने भएपनि संसोधन गर्दा सबै मिलेर गर्नुपर्ने भनाई समेत राखे। विगतमा पनि संविधान संसोधन गर्दा सबै दलहरू मिलेर गरिएको पनि उनले बताए।

‘दुई पटक संसोधन भइसक्यो । दुई तिहाईले मात्र होइन सबैले मिलेर बनाएका हौं। अहिलेसम्म सबैले मिलेर संसोधन गरेका छौं,’ उनले भने, ‘अर्को संसोधन पनि देशको हितको पक्षमा गर्नेछौं।’

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्