Kathmandu Press

देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिल्यौं : सभापति देउवा

‘संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ। त्यसको सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो,’ उलने भने, ‘संविधान संशोधन गर्न संघीय लोकतान्त्रिक गणतन्त्रका व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ।’
देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिल्यौं : सभापति देउवा

काठमाडौं, साउन ६ : कांग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिलेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको विषयमा बोल्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले देशमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने बताए।

Hardik ivf

देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई थप सुदृढ गरिने बताए।

‘संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ। त्यसको सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो,’ उलने भने, ‘संविधान संशोधन गर्न संघीय लोकतान्त्रिक गणतन्त्रका व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ।’

गत असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय पनि उल्लेख छ। त्यसतर्फ लक्षित गर्दै सभापति देउवाले अहिलेको व्यवस्था थप सुदृढ हुने गरी संविधान संशोधन गरिने बताए।

उनले संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबीच संवाद, सहमतिबाट गर्नु उचित हुन्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताए।

उनले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक रहेको बताए।

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने पार्टीको निर्णय भएको पनि बताएका छन्।

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्