Kathmandu Press

‘प्रचण्ड सरकारबाट दुषित परिणाम निस्किने खतरा बढेपछि मिल्नुपर्यो’

‘म कसैप्रति व्यक्तिगत टिप्पणी गर्न चाहन्न। तर यति चाँही भन्छु कि कांग्रेस र एमालेले पटक पटक काँध हाल्दा समेत अघिल्लो सरकारले गति समात्न सकेन्,’ उनले भने, ‘सरकारले थिति बसाल्न सकेन्। थिति बसाल्ने रुचि पनि राखेन। जसका कारण समाजमा अनेकन दुषित परिणाम निस्किने खतरा बढ्यो। त्यसलाई टुलटुल हेरेर बस्न सकेनौं।’
‘प्रचण्ड सरकारबाट दुषित परिणाम निस्किने खतरा बढेपछि मिल्नुपर्यो’

काठमाडौं, साउन ६ : प्रधानमन्त्री केपी ओलीले एमाले र कांग्रेसले पटक पटक काँध हाल्दा समेत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गति लिन नसक्दा संसदका दुई ठुला दल मिल्नुपरेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले थिति बसाल्ने रुचि समेत नदेखाएका कारण समाजमा दुषित परिणाम निस्किने खतरा बढेका कारण दुई दल मिल्नुपरेको बताए।
 
‘म कसैप्रति व्यक्तिगत टिप्पणी गर्न चाहन्न। तर यति चाँही भन्छु कि कांग्रेस र एमालेले पटक पटक काँध हाल्दा समेत अघिल्लो सरकारले गति समात्न सकेन्,’ उनले भने, ‘सरकारले थिति बसाल्न सकेन्। थिति बसाल्ने रुचि पनि राखेन। जसका कारण समाजमा अनेकन दुषित परिणाम निस्किने खतरा बढ्यो। त्यसलाई टुलटुल हेरेर बस्न सकेनौं।’

Hardik ivf

एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भएपनि खास समयमा सहकार्य गरेर परिणाम दिनेगरि काम गरेको बताए।

‘नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी हौं। विचारमा प्रतिस्पर्धा गरेपनि खास समयमा सहकार्य गरेको र देशलाई परिणाम दिएकै हो,’ उनले भने, ‘२००७ सालमा राणा शासन अन्त्यका लागि एक भएका थियौं। त्यसपछि पनि थुप्रै कालखण्डमा एक हुँदै आएका छौं।’

प्रकाशित मिति: १४:४७ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्