Kathmandu Press

जोसुकै भएपनि सहकारी ठगलाई कारबाही हुन्छ, सुशासनका लागि स्टन्ट गर्दैनौं : प्रधानमन्त्री ओली

‘दुनियाँको अघि सुनिए गरी भन्दैछु भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहदैनौँ कसैलाई भ्रष्टाचार गर्न दिन्नौं। यस्तो विषयको छानबिन अनुसन्धान गर्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा ढुक्क भए हुन्छ। भ्रष्टाचारीलाई एकदिन कानुनको कठघरामा पुग्ने छ भन्ने भाष्य समाजमा निर्माण गर्नेछौं।’
जोसुकै भएपनि सहकारी ठगलाई कारबाही हुन्छ, सुशासनका लागि स्टन्ट गर्दैनौं : प्रधानमन्त्री ओली

काठमाडौं, साउन ६ : प्रधानमन्त्री केपी ओलीले सहकारीपीडितको समस्या समाधान गरिने बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले सहकारी ठगीमा संलग्न जो सुकैलाई पनि कारबाही गरिछाड्ने जानकारी दिए ।

भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन हुने भन्दै सुशासन स्थापनाका लागि स्टन्ड नगर्ने उनले बताए।

Hardik ivf

‘दुनियाँको अघि सुनिए गरी भन्दैछु भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहदैनौँ कसैलाई भ्रष्टाचार गर्न दिन्नौं। यस्तो विषयको छानबिन अनुसन्धान गर्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा ढुक्क भए हुन्छ। भ्रष्टाचारीलाई एकदिन कानुनको कठघरामा पुग्ने छ भन्ने भाष्य समाजमा निर्माण गर्नेछौं।’

प्रधानमन्त्री ओलीले सहकारीपीडितको समस्या समाधान गर्ने बताए। उनले भने,‘सहकारीपीडितलाई उचित निर्णय लिन्छौं, जो सुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं। सुशासनको लागि स्टन्ट हैन सही इन्टेन्सन चाहिन्छ।’

उनले आफूलाई अग्लो देखाउने नाममा अरुलाई नहोच्याउने भन्दै उनले आफू गोरो देखिन अरुको अनुहारमा हिलो नछ्याप्ने बताए।

भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने उनले बताए। भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको बताए।

 ‘यसमा ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुन कारबाही अगाडि बढाउँछौं,’ उनले भने।

सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्ट चाहिने प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘यस सरकारले आफू अग्लो हुन अरुलाई होचो बनाउने कोसिस गर्ने छैन । आफू गोरो देखिन अर्कोको अनुहारमा हिलो छ्याप्ने काम पनि गर्दैन।’

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्