Kathmandu Press

विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने– ‘भ्रष्टाचारी कसैलाई छोड्दैनौं, ढुक्क हुनुस्’

‘एउटा कुरा खुलस्त पार्न चाहन्छु दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचारीलाई छोड्दैनौं,’ उलने भने, ‘भ्रष्टाचार र अख्तियार दुरूपयोगसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं।’
विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने– ‘भ्रष्टाचारी कसैलाई छोड्दैनौं, ढुक्क हुनुस्’

काठमाडौं, साउन ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी कसैलाई नछोडिने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले प्रतिपक्षलाई लक्षित गर्दै जुनसुकै  भ्रष्टाचारीलाई कानूनको दायरमा ल्याउने बताएका हुन्।

‘एउटा कुरा खुलस्त पार्न चाहन्छु दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचारीलाई छोड्दैनौं,’ उलने भने, ‘भ्रष्टाचार र अख्तियार दुरूपयोगसँग जोडिएका विषयको  छानविन तथा अनुसन्धान गर्छौं।’

साथै उनले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको दाबी गरे।

‘देशमा व्याप्त गहिरो निरासा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सवै स्पष्ट हुनु भए हुन्छ।’

प्रकाशित मिति: १४:२७ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्