Kathmandu Press

माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन् : सांसद सापकोटा

‘आठ अर्ब रुपैयाँ सोलोडोलो एकै बास्केटमा हालेर जे गर्न खोजिएको छ। यो आपत्तिजनक छ,’ उनले भने, ‘कुनै चलखेल नगरिकन स्वतन्त्रतापूर्वक अध्ययन गरेर दिएका प्रतिवेदनका आधारमा चल्नका लागि अनुरोध गर्न चाहन्छु।’
माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन् : सांसद सापकोटा

काठमाडौं, साउन ६ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन्।

Hardik ivf

‘सत्तापक्षका एक जना बरिष्ठ नेताले विदेशमा गएर माओवादीलाई आगामी चुनवमा दुवै पार्टीले नलिने सर्तमा गठबन्धन गरिएको भन्नु भएको रहेछ,’ उनले भने, ‘क्या गज्जब ! भ्रष्टाचारले टुङटुङती गनाएर सिनोमा परिवर्तन हुन लागेका तपाईंहरूले हामीलाई युद्धमा टाउकोको मोल तोक्ने, शंका लाग्ने बित्तिकै गोली ठोक्न आदेश दिएको होइन्? गोलीसँग नहिलेको, कुनै नीतिगत भ्रष्टाचारको काण्डहरूमा नमुछिएको माओवादीलाई हेप्न खोज्नु भएको छ भने त्यो तपाईंहरूको दिवा सपना हुनेछ।’

उनले जनताले माओवादी जस्तो पार्टीलाई मात्र बोक्ने बताए। उनले भ्रष्टाचारमा नमुछिएकोले छाती खोलेर जनताका माझ गर्व गर्न सक्ने हैसियत बनाएको बताए।

सांसद सापकोटाले सरकारले कुनै न कुनै रूपमा डेडिकेटेड तथा ट्रंकलाइमा चलखेल गरी छुट दिन खोजेको बताए।

‘आठ अर्ब रुपैयाँ सोलोडोलो एकै बास्केटमा हालेर जे गर्न खोजिएको छ। यो आपत्तिजनक छ,’ उनले भने, ‘कुनै चलखेल नगरिकन स्वतन्त्रतापूर्वक अध्ययन गरेर दिएका प्रतिवेदनका आधारमा चल्नका लागि अनुरोध गर्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर ‘हुकुमी शैली’मा लाइन जोड्न आदेश दिएको भन्दै उनले आपत्ति जनाए।

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्