Kathmandu Press

मुलुक चरम निराशामा छ, उत्साह भर्दै आर्थिक बृद्धि गराउँछु : प्रधानमन्त्री

‘सिंगोदेश चरम निराशामा छ। २०४६ सालपछि चरम निराशा पुग्यो, अर्थतन्त्र डामाडोल छ,’ उनले भने, ‘१४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतशित राजस्व कम उत्पादन भएको छ।’
मुलुक चरम निराशामा छ, उत्साह भर्दै आर्थिक बृद्धि गराउँछु : प्रधानमन्त्री

काठमाडौं, साउन ६ : प्रधानमन्त्री केपी ओलीले सिंगो मुलुक चरम निराशामा पुगेकाले त्यो निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थिक वृद्धिका लागि सरकारले काम गर्ने बताएका छन्।

प्रतिनिधिसभा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताए।

Hardik ivf

‘सिंगोदेश चरम निराशामा छ। २०४६ सालपछि चरम निराशा पुग्यो, अर्थतन्त्र डामाडोल छ,’ उनले भने, ‘१४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतशित राजस्व कम उत्पादन भएको छ।’

प्रधानमन्त्री ओलीले उनले आफू नेतृत्वको सरकारको पाँच प्राथमिकता पनि सुनाए।

उनले देशप्रति जनताको जुटेको भरोसा जोड्नको लागि नयाँ सरकार बनेको बताए। उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यवसायी लगानी गर्न तत्पर व्यवसायी नरहेको बताए।

‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। युवाहरू विदेश पलायन भइरहेको छ,’ ओलीले भने ‘त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक बृद्धिका लागि लगेको हो।

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्