Kathmandu Press

‘बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ’

‘किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले केकस्ता योजना र कार्यक्रम अगाडि सारेको छ?, हिँउद याममा बिजुली पु¥याउनेगरी प्राधिकरणले योजना बनाएर कार्यान्वय गर्नुपर्छ,’ ऊर्जामन्त्री खड्काले भने।
‘बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ’

काठमाडौं, साउन ४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन्।

प्राधिकरणका अध्यक्षसमेत रहेका मन्त्री खड्काको स्वागतमा नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको कार्यक्रममा उनले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिए।

Hardik ivf

‘किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले केकस्ता योजना र कार्यक्रम अगाडि सारेको छ?, हिँउद याममा बिजुली पु¥याउनेगरी प्राधिकरणले योजना बनाएर कार्यान्वय गर्नुपर्छ,’ ऊर्जामन्त्री खड्काले भने।

प्रभावकारी योजना बनाएर अगाडि बढ्दा मन्त्रालयले सदैव सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ का विषयमा देखिएको विवादका बारेमा ऊर्जामन्त्री खड्काले भने, ‘व्यवसायीले प्रयोग गरेको बिजुली भुक्तानी गर्नुपर्छ, प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन।’

सबै नागरिक र उद्योगीको घरमा २४सै घण्टा विद्युत् पु¥याउनुपर्ने बताउँदै विद्युत् उत्पादन र वितरणका क्रममा देखिएका समस्या समाधानमा मन्त्रालय लाग्ने उनले उल्लेख गरिन्।

ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालका लागि महत्वपूर्ण भएकाले यसको विकासमा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिए। ‘मन्त्रीलाई सफल बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ, लामो अनुभव भएका तपाईंहरुले उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दा विद्युत् क्षेत्रको विकासमा सहयोग पुग्नेछ,’ उनले भने।

ऊर्जामन्त्री खड्काले अबको १० वर्षमा १० हजार मेगावाट होइन २० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य प्राधिकरणले राख्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्