Kathmandu Press

बंगलादेशमा विद्यार्थी आन्दोलन झन् चर्कियो, २५ को मृत्यु

बीबीसी बंगाली सेवाले जनाए अनुसार अहिलेसम्म बंगलादेशका विभिन्न भागमा गरी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने झडपमा सयौँ घाइते भएका छन्। गत बुधबार बंगलदेशकी प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा सम्बोधन गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीलाई धैर्य रहन आग्रह गरेकी थिइन्।
बंगलादेशमा विद्यार्थी आन्दोलन झन् चर्कियो, २५ को मृत्यु

काठमाडौं, साउन ४ : बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शनमा शुक्रबारसम्म कम्तीमा २५ जनाको ज्यान गएको छ।

प्रधानमन्त्री हसिनाको सम्बोधनपछि विश्वविद्यालयका विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरेका छन्। आरक्षणले विशेष व्यक्तिलाई मात्र लाभ पुग्ने भन्दै विद्यार्थीहरु विरोधमा उत्रिएका हुन्।

Hardik ivf

बीबीसी बंगाली सेवाले जनाए अनुसार अहिलेसम्म बंगलादेशका विभिन्न भागमा गरी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने झडपमा सयौँ घाइते भएका छन्। गत बुधबार बंगलदेशकी प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा सम्बोधन गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीलाई धैर्य रहन आग्रह गरेकी थिइन्।

अदालती प्रक्रियाबाट सबैले न्याय पाउने भनाई हसिनाको थियो। उक्त सम्बोधनपछि प्रदर्शन झन् चर्केको बताइएको छ।

यतिबेला देशका विभिन्न स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ। बिहीबार साँझदेखि बंगलादेशका अधिकांश अनलाइन मिडियाहरूमा समाचारसमेत पोस्ट गरिएको छैन।

टेलिभिजन च्यानल समेत सामाजिक सञ्जाल र युट्युबमा प्रत्यक्ष प्रसारण गरिएको छैन। आरक्षणविरोधी विद्यार्थी र बीसीएलका सदस्यबीचको झडपपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको जनाइएको छ।

प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्