Kathmandu Press

प्रतितोला २ हजार रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज एक लाख ४७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।
प्रतितोला २ हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, साउन ४ : शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको छ। लागतार दोस्रो दिन सुनको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज एक लाख ४७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।

बिहीबार प्रतितोला एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ३० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित मिति: १२:०८ बजे, शुक्रबार, साउन ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्