निरन्तर उकालो लाग्दै नेप्से, आज ५९.६८ अंकले बढ्यो
३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ।काठमाडौं, साउन ३ : साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ५९.६८ अंकले बढेको छ।
बिहीबार नेप्से परिसूचक ५९.६८ अंकको बढोत्तरी सँगै २ हजार ४२४.३२ को बिन्दुमा पुगेर बन्द भएको हो।
३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ।
जसमा कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ रहेको छ। सेन्सेटिभ इन्डेक्स १६ दशमलव ३७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४ दशमलव ६६ अंकले बढेको छ।
बिहीबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ। यस कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रूपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ।
यसअघि बुधबार नेप्से ५४.०४ अंकले वृद्धि भएको थियो भने मंगलबार ७०.१८ अंकले बढेको थियो।
प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, साउन ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चिलिमेका तीनवटै आयोजना सम्पन्न, १६८ मेगावाट थपशनिबार, मंसिर ८, २०८१
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरुशनिबार, मंसिर ८, २०८१
११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणशुक्रबार, मंसिर ७, २०८१
रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज : अर्थमन्त्री पाैडेलशुक्रबार, मंसिर ७, २०८१