Kathmandu Press

प्रतितोला तोला तीन सय घट्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ। बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो।
प्रतितोला तोला तीन सय घट्यो सुनको मूल्य

काठमाडौं, साउन ३ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ।

बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ। बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो।

त्यस्तै, बुधबार प्रतितोला एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ।  बुधबार प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ६० रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: ११:३२ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्