Kathmandu Press

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ। बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ।
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

वासिङ्टन डिसी, साउन ३ : अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ। बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ।

८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा चएको चुनावी सभामा भाग लिन पुगेका थिए। एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए।

गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा  खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यहि समयमा यो रोग आएको हो।

राष्ट्रपति ट्रम्पलाई डेलावेयरस्थित आफ्नो निवासमा आइसोलेट गर्नेलागिएको ह्वाइटहाउसले जनाएको छ।

त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ। ह्वाइट हाउसले सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको बताएको छ।

 

प्रकाशित मिति: ११:२२ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्