Kathmandu Press

अर्थ बजारमा सप्लाई, डिमाण्ड र पूँजीगत खर्च घटेको छ : अर्थमन्त्री पौडेल

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वातामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन्। मन्त्री पौडेलले सप्लाई, डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए।
अर्थ बजारमा सप्लाई, डिमाण्ड र पूँजीगत खर्च घटेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं, साउन २ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन्।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वातामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन्। मन्त्री पौडेलले सप्लाई, डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए।

‘केहीदिन यता सप्लाई, डिमाण्ड, प्रोडक्सन, पूँजीगत खर्च घटेको छ, सबै वस्तु घटेको घटे छ, हामीले हाम्रो उद्योगलाई अगाडि बढाउन सरकार अभिभावकको भूमिकामा छ, समस्या सुन्छ र समाधान पनि गर्छ,’ उनले भने, ‘आफ्ना पेसा व्यवसायमा सजिलै लाग्नुहोस्, र आफ्नो  पेसा व्यवसायबाट राष्ट्र निर्माणमा सहयोग गर्नुहोस्  तपाईंहरू पनि सफल उद्योगी बन्नुहोस्।’

उनले पूँजीगत खर्च बढाउन निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए। मन्त्री पौडेलले अर्थतन्त्रमा टुटेको मनोवललाई जोगाउन नसके कुनै पनि समस्याको समाधान नहुँने बताए।

मानिसहरूको टुटेको मनोवललाई जोड्नुपर्ने दाबी गर्दै जनताको सरकारप्रतिको यो विश्वास टुट्न नदिने बताए।

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, साउन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्