जाजरकोटको भूकम्प पीडितको अस्थाई टहरामा पहिरो
पहिरोमा परी ३ जना घाइते भएको बताइएको छ। जसमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छन् ।
जाजरकोट, साउन २ : जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा मंगलबार राति पहिरो गएको छ।
पहिरोमा परी ३ जना घाइते भएको बताइएको छ। जसमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छन् ।
घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर रहेको बताइको छ। उनीरूलाई हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लैजाने तयारी भइरहेको बताइएको छ।
प्रकाशित मिति: ११:४६ बजे, बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार