‘आयात प्रतिस्थापन गर्न निर्यात प्रवर्द्धनमा जोड दिनुपर्छ’
‘चलायमान भएको नेपाली पुँजीलाई नेपालमा रोक्न र विदेशीरहेका नेपाली युवालाई नेपालमा नै रोक्न रोजगारी सिर्जनामा जोड दिनुपर्छ,’ उनले भने, ‘यसका लागि रुग्ण उद्योग सञ्चालनको आवश्यकता छ।’
काठमाडौं, साउन १ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।
आज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३७औं वार्षिकोत्सव समारोहमा उनले सरकार र निजी क्षेत्रबीच छलफल र सहकार्य गरेर नेपाली उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए।
‘चलायमान भएको नेपाली पुँजीलाई नेपालमा रोक्न र विदेशीरहेका नेपाली युवालाई नेपालमा नै रोक्न रोजगारी सिर्जनामा जोड दिनुपर्छ,’ उनले भने, ‘यसका लागि रुग्ण उद्योग सञ्चालनको आवश्यकता छ।’
उद्योगमा निजी क्षेत्रको लगानी बढाउन लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउँदै उनले औद्योगिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे।
प्रकाशित मिति: २१:०५ बजे, मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(70)-1765084987.jpg)






-1764753058.png)
-1764751301.jpg)
