सुदुरपश्चिम नाउपा संसदीय दलको नेताबाट घनश्याम हटाइए, खुशीरामलाई जिम्मेवारी
नाउपा सुदूरपश्चिम प्रदेश संदीय दलमा रहेका ७ जनामध्ये चार जना प्रदेश सभा सदस्य संलग्न बैठकले चौरधीलाई संसदीय दलको नेताबाट हटाएको हो।कैलाली, साउन १ : नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएका छन्।
चौधरीलाई दलको नेताबाट हटाएपछि हाल प्रमुख सचेतक रहेका खुशीराम डगौरा थारुलाई जिम्मेवारी दिने निर्णय भएको छ। संसदीय दलको नेता रहेका घनश्याम रेशम चौधरी निकट हुन्।
नाउप सुदूरपश्चिम प्रदेश संदीय दलमा रहेका ७ जनामध्ये चार जना प्रदेश सभा सदस्य संलग्न बैठकले चौरधीलाई संसदीय दलको नेताबाट हटाएको हो।
केन्द्रमा भएको सरकार फेरबदलपछि सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठ पक्षका प्रदेश सभा सदस्यसहितले बहुमत जुटाएर घनश्याम चौधरीलाई दलको नेताबाट हटाएका हुन्।
प्रकाशित मिति: १५:१९ बजे, मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काभ्रेमा अझै संकलन हुन सकेन बाढीपहिरोको क्षतिको पूर्ण विवरणमंगलबार, कात्तिक १३, २०८१
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्यसोमबार, कात्तिक १२, २०८१
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्योआइतबार, कात्तिक ११, २०८१
काभ्रेमा जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउआइतबार, कात्तिक ११, २०८१