Kathmandu Press

सुदुपश्चिम प्रदेशमा ‘बजेट होलिडे’ को अवस्था सिर्जना

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट प्रदेश सभामा पेस गरेका थिए।
सुदुपश्चिम प्रदेशमा ‘बजेट होलिडे’ को अवस्था सिर्जना

धनगढी, साउन १ : सुदूरपश्चिम प्रदेश सरकारबाट बजेट पारित नभएपछि ‘बजेट होलिडे’ को अवस्था सिर्जना भएको छ।

गत १ असारमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रदेश सभामा पेस भएको थियो। तर एक महिना वित्दा समेत बजेट पारित हुन सकेन।

Hardik ivf

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट प्रदेश सभामा पेस गरेका थिए। तर साउन १ गतेदेखि कार्यान्वयनमा जानुपर्ने बजेट पारित नभएपछि असार मसान्तभित्र बजेट पारित नभएपछि ‘बजेट होली डे’ को अवस्था आएको हो।

बजेट पारित नभएका कारण कर संकलन तथा सरकारी ढुकुटी खर्च गर्न समस्या उत्पन्न भएको छ। गत असार १७ गते सत्ता गठबन्धन फेरिएपछि अर्थमन्त्री पालसहित एमालेका ३ मन्त्री सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएका थिए।

एमालेले बजेट पारित नहुँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। प्रदेश सभामा बजेट पेश भए पनि विना कुनै छलफल एक महिना कटेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारी यतिबेला कामचलाउ अवस्थामा छन्।

प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, साउन १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्