बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती ललितपुर महानगरले हटायो
सुकुमबासी बस्ती खाली गराउन पूर्व सूचना दिइए पनि उनीहरूले अटेर गरी बसेकाले नगरप्रहरीले बाध्य भएर बिहान खाली गराएको महानगरले जनाएको छ।
काठमाडौं, असार ३० : ललितपुर महानगरपालिकाले बालकुमारीदेखि च्यासलसम्मको सुकुमबासी बस्ती हटाएको छ।
असार २१ गते मा महानगरले ७ दिनभित्र बस्ती खाली गर्न भने पनि नमानेपछि आइतबार बिहान नगर प्रहरीले सो क्षेत्रको सुकुमबासी बस्ती हटाएको हो।
सुकुमबासी बस्ती खाली गराउन पूर्व सूचना दिइए पनि उनीहरूले अटेर गरी बसेकाले नगरप्रहरीले बाध्य भएर बिहान खाली गराएको महानगरले जनाएको छ।
५ वर्षदेखि महानगरको जग्गा हडपेर बसिरहेका ९ वटा घर, टहरा निर्माण गरेर बसिरहेका बस्ती हटाइएको हो ।
प्रकाशित मिति: १५:०१ बजे, आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार