‘पदीय दायित्व इमान्दारितापूर्वक निभाएँ’
‘मेरो यो पहिलो कार्यकारी अनुभव हो। त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो। मन्त्रालयमा आउँदा कोही कसैसँग ब्यक्तिगत आग्रह पूर्वाग्रह थिएन्,’ उनले भने, १एकदमै ओपनमाइनडेड भएर आएको हुँ। मेरो पदीय दायित्व मर्यादामा बसेर निष्ठाका साथ गर्छु भनेर स्पष्ट थिएँ।’-1720945202.jpg)
काठमाडौं, असार ३० : युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमान्दारितापूर्वक निभाएको बताएका छन्।
मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मर्यादामा बसेर पदीय जिम्मेवारी निभाएको बताएका हुन्।
‘मेरो यो पहिलो कार्यकारी अनुभव हो। त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो। मन्त्रालयमा आउँदा कोही कसैसँग ब्यक्तिगत आग्रह पूर्वाग्रह थिएन्,’ उनले भने, १एकदमै ओपनमाइनडेड भएर आएको हुँ। मेरो पदीय दायित्व मर्यादामा बसेर निष्ठाका साथ गर्छु भनेर स्पष्ट थिएँ।’
उनले धेरै राम्रो गर्न मन हुँदाहुँदै पनि कतिपय काम गर्न नसकिएकोमा दुःख लागेको बताए । उनले छोटो समयमा पनि क्षमताले भ्याएजति काम गरेको जिकिर गरे।
‘हामी यताबाट गइसकेपछि अब प्रतिपक्षमा हुन्छौं। खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो रहेछ,’ उनले भने।
मन्त्री श्रेष्ठ खेलकुदमा भएका उपलब्धी सामूहिक भएको बताए। उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिएको बताए।












