मेरो बारेमा आजबाटै अनुसन्धान गर्नुहोस् : लामिछाने
उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीससँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका हुन्।-1720944959.jpg)
काठमाडौं, असार ३० : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएकै कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन्।
आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीससँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका हुन्।
‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, हिजो पनि उठेका हुन्। यहाँहरू सबै साक्षी हुनुहुन्छ। मैले आफ्ना विषयमा आजसम्म यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन,’ उनले भने, ‘न कसैको सरुवा गर्नुस् भनेको छु, न मैंले मेरो फाइल कुनै माध्यमबाट कुनै मन्त्रालय पठाएको छु। तरपनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने आजैबाट न्यायधीससँग गहन अध्ययन अनुसन्धान गर्नुस्। गल्ती गरेको जोकोही होस् बच्नु हुँदैन्।’
लामिछानेले अव आफू प्रतिपक्षमा जिम्मेवारका साथ प्रस्तुत हुने भन्दै आफूले सम्हालेको मन्त्रालय बाहिर बसे पनि २४ सै घण्टा रहिरहने अठोट गरे।












