Kathmandu Press

त्रिशुलीमा खसेको दुई बसमा ६५ यात्रु रहेको पुष्टी

प्रहरीले सोधपुछ गर्दा बसको टिकट काउन्टर र आफन्तहरूले भनेको आधारमा ६५ यात्रु सवार रहेको निचोडमा प्रहरी पुगेको हो।
त्रिशुलीमा खसेको दुई बसमा ६५ यात्रु रहेको पुष्टी

चितवन, असार ३० : नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा शुक्रबार भएको दुर्घटनामा दुईवटा बसमा गरी कुल ६५ यात्रु रहेको पुष्टि प्रहरीले गरेको छ।

प्रहरीले सोधपुछ गर्दा बसको टिकट काउन्टर र आफन्तहरूले भनेको आधारमा ६५ यात्रु सवार रहेको निचोडमा प्रहरी पुगेको हो।

Hardik ivf

काठमाडौंबाट गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएको ११ जना गरी ३८ जना रहेका थिए।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलान बमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको जनाइएको छ।

दुईवटा बसमा रहेका ६५ जना यात्रुमध्ये तीन जना हामफालेर ज्यान जोगाएका थिए। आइतबारसम्म नारायणी किनारमा पाँचवटा शव भेटिएको छ।

 

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्