‘निर्मला पन्तको विषयमा नजिक पुगेका छौं, रिजल्ट आएपछि बोल्छु भनेर नबोलेको हुँ’
‘निर्मला पन्तको विषयमा नजिक पुगेका छौं हामी, बारम्बार सोधेपनि रिजल्ट आएपछि मात्रै भन्ने भनेर मैले नबोलेको हुँ,’ लामिछानेले भने, ‘सुरक्षा निकायलाई राम्रोसँग थाहा छ। मलाई क्रेडिट जाँदैन, कुनै नेता र मन्त्रीले नपाओस्, प्रहरी सक्षम छ।’
काठमाडौं, असार ३० : गृह मन्त्रालयबाट बिदाई हुनुअघि कामचलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन आयोजना गरे। त्याहाँ उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउन आफूहरु नजिक पुगेको बताएका छन्।
अनुसन्धानले निकर्ष निकालेपछि मात्र बोल्ने भनेर आफूले यसबारे नबोलेको लामिछानेले पत्रकार सम्मेलनमा बताए। आफू नभएपनि यो अनुसन्धान निष्कर्षमा पुग्ने उनले बताए।
‘निर्मला पन्तको विषयमा नजिक पुगेका छौं हामी, बारम्बार सोधेपनि रिजल्ट आएपछि मात्रै भन्ने भनेर मैले नबोलेको हुँ,’ लामिछानेले भने, ‘सुरक्षा निकायलाई राम्रोसँग थाहा छ। मलाई क्रेडिट जाँदैन, कुनै नेता र मन्त्रीले नपाओस्, प्रहरी सक्षम छ।’
यस्तै, उनले केही कानुनी जटिलताका कारण जिबी राईलाई पक्राउ गर्न नसकिएको बताएका छन्। आउने गृहमन्त्रीले त्यो पुरा गर्नुहोस् भन्ने आफूले चाहेको बताउँदै उनले आफूसँग रहेको सूचना उपलब्ध गराउने बताएका छन्।
‘जिबी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुरा भएको छ, केही कानूनी जटिलताहरू भएका छन् । त्यो जटिलता पूरा गरेर म नभएपनि आउने गृहमन्त्रीले पूरा गर्नुस् । त्यो श्रय नेपाल प्रहरीले प्राप्त गरोस्,’ उनले भने, ‘म त्यसका लागि आफूसँग भएको सूचना जतिबेला पनि उपलब्ध गराउँछुm मेरो कार्यकालमा हुन नसकेपनि हुनै नसक्ने भन्ने होइन।’