Kathmandu Press

शेखर–गगन समूहले माग्याे ४ मन्त्री

आइतबार कोइराला सचिवालय विशालनगरमा बसेको शेखर-गगग समूहकाे बैठकले कांग्रेसले पाउने काेटाबाट कम्तीमा चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो।
शेखर–गगन समूहले माग्याे ४ मन्त्री

काठमाडौं, असार ३० : नेपाली कांग्रेसको शेखर कोइराला-गगन थापा समूहले पार्टी नेतृत्वसँग अब बन्ने केपी ओली नेतृत्वको सरकारमा चार मन्त्री मागेको छ। 

आइतबार कोइराला सचिवालय विशालनगरमा बसेको शेखर-गगग समूहकाे बैठकले कांग्रेसले पाउने काेटाबाट कम्तीमा चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो।

Hardik ivf

कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको जनाए।

बैठकमा शेखर र गगनसँगै धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी छन्।
 
प्रकाशित मिति: १२:५२ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्