Kathmandu Press

हत्या गर्ने उद्देश्यले ट्रम्पलाई गोली हानिएको थियो : एफबीआई

उक्त घटनापछि आयोजित पत्रकार सम्मेलनमा एफबीआईले उक्त जानकारी दिएको हो। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको गोली हानेर हत्या प्रयास भएको पुष्टी एफविआइले गरेको छ।
हत्या गर्ने उद्देश्यले ट्रम्पलाई गोली हानिएको थियो : एफबीआई

काठमाडौं, असार ३० : अमेरिकाको सुरक्षा एजेन्सी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हत्या गर्ने उद्देस्यले गोली हानेको बताएको छ।

उक्त घटनापछि आयोजित पत्रकार सम्मेलनमा एफबीआईले उक्त जानकारी दिएको हो। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको गोली हानेर हत्या प्रयास भएको पुष्टी एफविआइले गरेको छ।

Hardik ivf

ट्रम्पमाथि शनिबार साँझ पेन्सिल्भेनियामा आयोजित चुनावी ¥यालीका क्रममा गोली हानिएको थियो । ट्रम्पको कानमा गोली लागे पनि उनी खतरामुक्त रहेको जनाइएको छ।

एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले पत्रकार सम्मेलनमा ट्रम्पको ज्यान लिने उद्देश्यले नै गोली प्रहार भएको जानकारी गराएका हुन्। ‘शनिबार साँझ हाम्रा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको थियो,’ रोजेकले भने।

अमेरिकी प्रहरीले गोली हान्ने व्यक्तिको पहिचान भएको बताएको छ। छिट्टै ति व्यक्तिको नाम सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। अमेरिकी प्रहरीका अनुसार ट्रम्पलाई गोली प्रहार घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

यसैविच ट्रम्पलाई गोली प्रहार घटनामा अमेरिकी गुप्तचर संस्थाले आक्रमणकारीलाई तत्काल मारेको भनाई राखेका छ। ट्रम्पमाथि गोली प्रहारको घटनाबारे राष्ट्रपनि बाइडेनले कडा शब्दमा निन्दा र भ्रत्र्सना गरेका छन्।

उनले ट्रम्प सुरक्षित रहेको थाहा पाउँदा आफुलाई राहत मिलेको पनि बताएका छन्।

 

प्रकाशित मिति: १२:३० बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्