Kathmandu Press

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

पेन्सिल्भेनियाको बटलरमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ¥यालीमा भएको घटनालगत्तै ट्रम्पलाई स्टेजबाट बाहिर निकालेको बताइएको छ। गोली लागे पनि डोनाल्ड ट्रम्प सुरक्षित रहेको बताइएको छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

न्युयोर्क, असार ३० : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो।

पेन्सिल्भेनियाको बटलरमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ¥यालीमा भएको घटनालगत्तै ट्रम्पलाई स्टेजबाट बाहिर निकालेको बताइएको छ। गोली लागे पनि डोनाल्ड ट्रम्प सुरक्षित रहेको बताइएको छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ट्रम्पको कानबाट रगत बगिरहेको देख्न सकिन्छ।

ट्रम्पमाथि २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्सले गाेली प्रहार गरेकाे अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ।

र्‍यालीमा उपस्थित व्यक्तिसँगै एक बन्दुकधारीको पनि मृत्यु भएको थियो।

प्रकाशित मिति: ११:२३ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्