Kathmandu Press

लाेसपामा मन्त्रीको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष ठाकुरलाई

लोसपाले एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै उक्त पार्टीबाट मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष ठाकुरलाई दिएको हो।
लाेसपामा मन्त्रीको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष ठाकुरलाई

काठमाडौं, असार २९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ।

लोसपा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रश्तावको विपक्षमा उभिएको थियो।

Hardik ivf

लोसपाले एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै उक्त पार्टीबाट मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष ठाकुरलाई दिएको हो।

शनिबार पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको जनाइएको छ । साथै, बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह समेत गरेको छ।

लोसपा बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ।

प्रकाशित मिति: १८:१५ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्