Kathmandu Press

नारायणी नदी किनारमा थप दुई पुरुषको शव भेटियो

गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदीको किनारमा दुईवटा शव भेटिएको चितवन प्रहरीले पुष्टी गरेको छ।
नारायणी नदी किनारमा थप दुई पुरुषको शव भेटियो

काठमाडौं, असार २९ : नारायणी नदीको किनारमा दुईजना पुरुषको शव भेटिएको छ।

ति शवको पहिचान नभए पनि सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको हुनसक्ने अनुमान गरिएको छ।

Hardik ivf

गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदीको किनारमा दुईवटा शव भेटिएको चितवन प्रहरीले पुष्टी गरेको छ।

शव भेटिएको स्थान चितवनको भरतपुर महानगरपालिका–२९, सिमलताल (घटनास्थल)बाट करिब २५ किलोमिटर टाढा पर्दछ।

इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाए अनुसार एउटा शव करिब २५–३० वर्ष उमेरको र अर्को शव १८–२० वर्षको रहेको छ। दुवै शव पुरुषको रहेको खुलेको छ।

यसअघि शनिबार विहान नारायणी नदी किनारमा अर्का एक पुरुषको शव भेटिएको थियो। भरतपुर–२८ गोलाघाटस्थित नारायणी र राप्ती नदीके दोभान नजिक शव भेटिएको थियो।

उक्त शव भारतीय नागरिक ऋषि पाल साहको रहेको छ। मृतकका दाइले शवको पहिचान गरी उक्त शव बुझिसकेका छन्।

 

प्रकाशित मिति: १७:३१ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्