Kathmandu Press

नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्छ : न्यायाधीश राउत

‘लोकतन्त्रको मर्म मर्नेगरी अदालती रिपोर्टिङ गर्ने कुरामा सजगता आवस्यक छ। अहिले गलतलाई गलत र सहीलाई सही भन्नसक्ने जमात नेपाली समाजमा कम हुँदै गएको छ,’ उनले भने, ‘लिभरल डेमोक्रेसीको कोर भ्याल्युजहरू जोगिएको दिनसम्म मात्रै न्यायपालिका र पत्रकारिता बाँच्छ।’
नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्छ : न्यायाधीश राउत

काठमाडौं, असार २९ : सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमानसिंह राउतले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने बताएका छन्।

न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको भनाई राउतको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा न्यायाधीश राउतले यस्तो भनाई राखेका हुन्।

Hardik ivf

न्यायाधीश राउतले समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठुलो मूल्य चुकाउने पनि बताए। यस्तै न्यायाधीश राउतले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता रहेको पनि बताए।

‘लोकतन्त्रको मर्म मर्नेगरी अदालती रिपोर्टिङ गर्ने कुरामा सजगता आवस्यक छ। अहिले गलतलाई गलत र सहीलाई सही भन्नसक्ने जमात नेपाली समाजमा कम हुँदै गएको छ,’ उनले भने, ‘लिभरल डेमोक्रेसीको कोर भ्याल्युजहरू जोगिएको दिनसम्म मात्रै न्यायपालिका र पत्रकारिता बाँच्छ।’

KiranrajBista_KTM_RSS_229_image_123650291-1720867990.JPG

यस्तै, सर्वोच्च अदालतका अर्का न्यायाधीश हरि फुयाँलले कानुन क्षेत्रको पत्रकारितालाई अरू पत्रकारिताभन्दा विशेष रूपमा हेनुपर्र्ने आवश्यकता औंल्याए। उनले न्यायाधीशहरू र अदालतका कर्मचारीहरूले प्रतिवाद गर्न नसक्ने भन्दै न्यायालय र सञ्चारकर्मीहरूबिच मर्म बुझ्ने भावना गाँसिन आवश्यक रहेको भनाई पनि राखे।

नेपाल बार एसोसिएसनकी महासचिव अञ्जिता खनालले अदालती भाषालाई ठिक ढङ्गबाट सम्प्रेषण गर्न आवश्यक रहेको बताउँदै अरूको नक्कल गरेर समाचार प्रकाशन गर्दा र अदालती भाषा नबुझ्दा अनर्थ लाग्ने भनाई राखिन्।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतले आफैँ आफ्नो बारेमा बोल्न नसक्ने भएकाले सञ्चारमाध्यमले अदालतको मर्म बुझेर समाचार प्रकाशन एवम् प्रसारण गर्नुपर्ने भनाई राखे। स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री रहेको भनाई बस्नेतको थियो।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकारको जिम्मेवारी आम नागरिक, पाठक, दर्शक र श्रोताप्रति उत्तरदायी हुनु रहेको भनाई राखे। गाउँलेले न्यायालयमा धेरै हदसम्म परिवर्तन आएको सन्दर्भ उल्लेख गर्दै प्रेस, विपक्षी दल र न्यायालय कमजोर भएको समयमा लोकतन्त्र धरापमा पर्ने बताए।

प्रकाशित मिति: १६:३४ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्