Kathmandu Press

कांग्रेसले मन्त्री छान्न बनायो मापदण्ड

योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलनका आधारमा मन्त्री छनोट गरिने महतले जनाए।
कांग्रेसले मन्त्री छान्न बनायो मापदण्ड

काठमाडौं, असार २९ : कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै एकै पटक मन्त्रीको नाम दिने निर्णय गरेको बैठकपछि  प्रवक्ता प्रकाशशरण महतले जनाकारी दिए।

Hardik ivf

बैठकले मन्त्री छनोटको मापदण्ड बनाएको छ। योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलनका आधारमा मन्त्री छनोट गरिने महतले जनाए।

‘समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमता भएका व्यक्तिहरुलाई सरकारमा पठाउँछौं,’ उनले भने, ‘देशलाई गति दिने र सरकारको स्थिरता सुनिश्चित गर्नेगरी अन्य दललाई पनि जोडेर अघि बढ्छौं।’

प्रधानमन्त्रीले शपथ लिएपछि कसले कुन मन्त्रालय पाउने र को–को मन्त्री बन्ने टुंगो लाग्ने बताए।

प्रकाशित मिति: १६:०९ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्